काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले मेलम्ची खानेपानी आयोजनाको पानी वितरणको औपचारिक उद्घाटन गरेकी छन्।
काठमाडौंको भृकुटीमण्डपमा भृकुटीमण्डपमा नवनिर्मित धारामा पानी खसालेर राष्ट्रपति भण्डारीले खानेपानी वितरणको उद्घाटन गरेकी हुन्।
कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, सरकारका मन्त्रीहरु, उच्चपदस्त कर्मचारी लगायत सर्वसाधारणको उपस्थिति रहेको छ।
यही चैत १५ गतेदेखि मेलम्चीको पानी काठमाडौँ उपत्यकामा वितरण गर्न थालिएको हो। यसअघि पहिलो चरणमा काठमाडौँका चावहिल, महांकाल, मीनभवन, अनामनगर र खुमलटार लगायतका स्थानमा मेलम्चीको पानी वितरण गरिएको थियो।