काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वर्षभित्र याङ्ग्री र लार्केको पानी काठमाडौंमा ल्याउने घोषणा गरेका छन्।
शुक्रबार भृकुटीमण्डपमा मेलम्चीको पानी वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २०८१ को सुरुमै काठमाडौंमा याङ्ग्री र लार्केको पानी ल्याउने घोषणा गरेका हुन्।
अहिले मेलम्ची परियोजनामा मेलम्ची खोलाको मात्र पानी प्रयोग गरिएको र त्यसमा याङग्री र लार्के खोलाको पानी समेत जोडेर १७ करोड पानी वितरण गरिने उनले बताए।
‘याङग्री र लार्के खोलाको पानी ल्याउन प्राविधिक रुपमा कति लाग्छ थाहा छैन, तर तीन वर्षभन्दा बढी लाग्नु हुँदैन ।’ ओलीले भने।
सम्बन्धित निकायलाई सो समयभित्र पानी ल्याउने गरि काम गर्न उनले निर्देशन दिए।