logo

२०८१ पुष ९ मंगलबार

logo
  • मंगलबार, ९ पुष २०८१
  • होली खेल्ने क्रममा युवालाई भीरबाट खसालेर हत्या गरेको आरोपमा ८ जना पक्राउ

    होली खेल्ने क्रममा युवालाई भीरबाट खसालेर हत्या गरेको आरोपमा ८ जना पक्राउ

    2.9K
    Shares

    काठमाडौं। बागलुङमा गत १५ चैतमा होली खेल्ने क्रममा भएको झडपमा दुई युवालाई भीरबाट खसालेर हत्या गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । 
     
    पक्राउ पर्नेमा बडिगाड–१० दर्लिङ बस्ने २८ वर्षीय रेशम बुढा मगर, सोही स्थानका ३३ वर्षीय झनबहादुर बुढा, तीर्थलाल बुढा, ३१ वर्षीय सूर्य बुढा, ४६ वर्षीय ढालबहादुर बुढा छन् । उनीहरुलाई बागलुङबाट पक्राउ गरिएको हो ।
     
    यस्तै, सोही स्थानका २३ वर्षीय मिलन बुढा र २४ वर्षीय भेषराज बुढालाई गुल्मीबाट, २३ वर्षीय कुमार छन्त्याललाई रुपन्देहीबाट पक्राउ गरिएको बागलुङका प्रहरी प्रमुख एसपी कृष्णबहादुर पल्ली मगरका अनुसार जानकारी दिए ।
     प्रहरीका अनुसार बागलुङ बडिगाड गाउँपालिका–१० दर्लिङस्थित बल्देधुरीको खालीचौरमा होली पर्व मनाउनका लागि गुल्मी, बागलुङ, प्युठान लगायत जिल्लाका मानिसहरु भेला भएका थिए । जसको बारेमा कुनै निकायलाई जानकारी गराइएको थिइएन । 
     
    होली मनाउने क्रममा बडिगाड–१० दर्लिङ र निसीखोला–७ राजकुटका युवाहरुबीच एक आपसमा झैझगडा, वादविवाद तथा कुटाकुट भएको थियो । सो क्रममा प्रकाश कुँवर र दिपक परियारलाई कुटपिट गरी भीरबाट खसालिएको प्रहरीले जनाएको छ । 
     
    अनुसन्धानका क्रममा प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालत बागलुङबाट हिरासतमा राख्ने म्याद थप अनुमति लिइएको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार केही प्रतिवादीहरु फरार रहेका छन् । 
     
    पक्राउ परेकाहरुलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ । प्रतिवादीको बयानपोलबाट खुलेका तथा जाहेरीको विरुद्धखण्डमा उल्लेख गरिएका प्रतिवादीहरुको पक्राउको लागि प्रहरी टोली खटाइएको पनि प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend