सुर्खेत। पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा दुई किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
घाँस काट्न भनि गएका १४ र १५ वर्षीय किशोरी दिदीबहिनी झुण्डिएको अवस्थामा शुक्रबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी तथा डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।
उनका अनुसार उनीहरु बिहान ८ बजे घरबाट घाँस काट्न नजिकैको जंगलमा गएका थिए । त्यहीँ ११ बजे झुण्डिएको अवस्थामा स्थानीयले देखेका थिए । १४ वर्षीया किशोरी कक्षा ७ मा र १५ वर्षीया किशोरी कक्षा ८ मा पढ्दै आएको पनि घर्तीले बताए ।