logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • खनाल-नेपाल समूहले दुई महिने पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने

    खनाल-नेपाल समूहले दुई महिने पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने

    2.1K
    Shares

    काठमाडौं।  नेकपा एमालेको झलनाथ खनाल–माधव कुमार नेपाल समूहले दुई महिने पार्टी सुदृढीकरण अभियान सञ्चालन गर्ने भएको छ । 

    कलंकीको एक पार्टी प्यालेसमा बसेको उक्त समूहको स्थायी कमिटी बैठकले सो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। 

    बैठकले सर्वोच्च अदालतको फैसलाअनुसार पार्टीलाई २०७५ जेठ २ को संरचनामा फर्काएर पार्टी एकताको रक्षा गर्न प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीलाई आग्रह गरेको छ। 

    त्यस्तै बैठकले चैत ४ र ५ गते राष्ट्रिय भेलामा प्रस्तुत प्रतिवेदन र त्यसबारे आएका सुझावलाई समावेश गरि दस्ताबेज प्रकाशन गर्ने र त्यसलाई पार्टीका तल्ला तहसम्म वितरण गर्ने र सुझाव लिँदै आगामी रणनीति तय गर्ने निर्णय पनि गरेको बैठकपछि बोल्दै नेता योगेश भट्टराईले जानकारी दिए। 

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend