logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • मूल एमाले हामी नै हो, कानुनले नदिए विकल्प खोजौँला : माधव नेपाल 

    मूल एमाले हामी नै हो, कानुनले नदिए विकल्प खोजौँला : माधव नेपाल 

    2.5K
    Shares

    काठमाडौं।  नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले मूल एमाले आफूहरु नै भएको दावी गरेका छन्। आइतबार काठमाडौं जिल्ला कमिटीको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै नेता नेपालले आफ्नो मूल पार्टी नेकपा एमाले नै रहेको बताएका हुन्। 

    कानूनी रुपमा एमाले आफ्नो नभए विकल्प खोजिने समेत उनले बताए।  ‘कानुनले नदिए विकल्प खोजौँला। विचार मिल्छ। मूल पार्टी यही हो । केपी ओलीले पार्टी नै कब्जा गरे भने छुट्टै कुरा हो।’ उनको भनाइ थियो। 

    नेपालले पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित सबै कमिटीमा आफूहरुको बहुमत रहेको बताए । उनले पदाधिकारी, स्थायी कमिटी, पोलिट्ब्युरो र केन्द्रीय कमिटीमा बहुमत आफूहरुको रहेको तर अध्यक्ष केपी शर्मा ओलीले गुट भेला मात्र गरिरहेको आरोप लगाए। 

    आफूहरु ओलीसँग नझुक्ने भन्दै नेता नेपालले ओली प्रवृतिको डटेर सामना गर्ने बताए। 

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend