logo

२०८१ पुष ९ मंगलबार

logo
  • मंगलबार, ९ पुष २०८१
  • सरकार र थारु कल्याणकारी सभाबीचको वार्ता सकारात्मक : राजन भट्टराई 

    सरकार र थारु कल्याणकारी सभाबीचको वार्ता सकारात्मक : राजन भट्टराई 

    2.6K
    Shares

    काठमाडौं । रेशम चौधरीको रिहाइ लगाएत विभिन्न माग राखी आन्दोलनरत थारु कल्याणकारी सभा, थारुवान–थारुहट संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोली र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को संयोजकत्वमा गठित सरकारी वार्ता टोलीबीच दोस्रो चरणको वार्ता सकिएको छ । वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराईले बताएका छन् । 

    ‘नेपाल सरकार र थारू कल्याणकारि सभा संघर्ष समितिसँग आज दोस्रो चरणको वार्ता सम्पन्न भयो । वार्ताका क्रममा संघर्ष समितिले राखेका मागहरूका बारेमा थप ब्याख्या र छलफल भयो । वार्ता सहमति उन्मुख रहेको र अर्को चरणको वार्ता निकट भविष्यमा फेरि बस्ने गरि आजको बैठक सम्पन्न भयो’, उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

    यसअघि पहिलो चरणको वार्ता चैत १७ मा सम्पन्न भएको थियो । सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराई र पूर्व सासंद भगवती चौधरी सदस्य छन् । यस्तै थरुहटका तर्फबाट रुक्मीणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी वार्ता टोली सदस्य छन् ।

    टीकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरीलगायतलाई लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरूलाई शहीद घोषणा गर्नुपर्ने, लोकसेवा आयोग लगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने सहितका १९ बुँदे माग राखेर केही दिनदेखि उनीहरू आन्दोलनमा छन् ।   

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend