काठामाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई जसरी भएपनि विदा गर्ने दाबी गरेका छन् ।
आइतबार नेपाल शिक्षक सङ्घ सङ्घीय कार्य समितिको २१ र २२ औं सङ्घीय प्रतिनिधिसभालाई सम्बोधन गर्दै थापाले यस्तो दाबी गरेका हुन् ।
कार्यक्रममा बोल्दै उनले भने, हामी प्रधानमन्त्री ओलीलाई आजा सके आज,नसके भोली भोली नसके पर्सी त विदा गर्छौँ गर्छौँ ।’
ओलीलाई विदा गरेपछि कांग्रेसको पालामा के गर्ने भन्ने कुरा नेपाली कांग्रेसको मुख्य प्रश्न रहेको उनको भनाइ थियो । केपी ओलीको समृद्धिभित्र आम जनता अटाउन नसकेको पनि उनले बताए ।