काठमाडाैं । प्रतिनिधि सभाकाे साेमबारकाे बैठकमा सार्वजनिक महत्वका विषयमा बक्तब्य जारी गरिने भएकाे छ ।
स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सार्वजनिक महत्वका विषयमा बक्तब्य जारी गर्ने संसद सचिवालयले जनाएकाे छ ।
सोमबारको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पनि पेस गर्ने कार्यतालिका रहेकाे छ ।