काठमाडाैं । नेपाली कांग्रेसकी सांसद डा. डिला संग्राेलाले प्रधानमन्त्री केपी शर्मा ओलीकाे राजीनामा माग गरेकी छन् । साेमबार प्रतिनिधिसभा बैठकका क्रममा शुन्य समयमा बाेल्दै संग्राैलाले जनताप्रति अनुत्तरदायी ओली सत्ता स्वभावले नै अधिनायाकवादी र सर्वसत्तावादी भएकाले उनकाे बहिर्गमन अहिलेकाे आवश्यकता भएकाे बताएकी हुन् ।
उनले भष्ट्राचार र सरकार एकअर्काका परिपूरक भएकाे पनि दाबी गरिन् । उनले भनिन् ‘तत्कालीन सूचना तथा सञ्चार मन्त्रीको ७० करोडको अडियो डिल प्रकरण बाहिरियो । राजीनामा आयो । कारवाही भएन । कोरोनाको महामारीमा स्वास्थ्य सामग्री खरिदमा भएको भष्ट्राचार र ओम्नी ग्रुपसँग ठेक्का गर्दा भएको अनियमियतामा कारवाहीको लागि सर्वाजनिक लेखा समितिले तत्कालीन स्वास्थ्य मन्त्रीलाई इंगित गरिसकेको छ । यसैगरी वनमन्त्रीले वैज्ञानिक वन नीति खारेज गर्दा करोडौं रकम दिन आए आफै भन्छन् । कस्तो लज्जास्पद ?’
उनले कोरोनाको नियन्त्रणका लागि आवश्यक सावधानी र तयारीमा जुट्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण पनि गराइन् । यस्तै, उनले जापानमा अध्ययनका लागि जान लागेका विद्यार्थीहरु राेकिइरहेकाले जापान सरकारसँग कुटनीतिक वार्ता गरी उनीहरुकाे समस्या समाधान गरिदिन सरकारसमक्ष आग्रह पनि गरिन् ।