काठमाडौं। कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका तीन जना मन्त्रीहरुले राजीनामा दिएका छन्।
मन्त्रीहरु दल रावल, प्रकाश ज्वाला र नन्दसिंह बुढाले मंगलबार राजीनामा दिएका हुन्।
राजीनामा दिनेमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन् । राजीनामा दिने तीनै मन्त्री एमालेको खनाल-नेपाल पक्षका हुन्।
उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा बुझाएका छन् ।