काठमाडौं । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले संगठनका निवर्तमान सचिवहरु सुदेश पराजुली, वसिम आलम र आरती लामालाई संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।
दुई पटकसम्म स्पष्टीकरण माग्दा पनि अटेर गरेपछि कारवाही गरिएको अनेरास्ववियुका अध्यक्ष ऐन महरले जनाएका छन् । महरले मंगलवार विज्ञप्ति जारी गरि तीन जनालाई निष्कासन गरिएको जानकारी दिएका छन् ।
केही दिनअघि माधव नेपाल पक्षीय अनेरास्ववियूको भेलाले पराजुलीलाई अध्यक्ष, आलमलाई सह-अध्यक्ष र लामालाई महासचिव चयन गरेको थियो । समानान्तर गतिविधि गरेको भन्दै महरले चैत १५ गते र चैत २२ गते दुईपटक स्पष्टीकरण सोधेका थिए ।