logo

२०८१ बैशाख २३ आइतबार

logo
  • आइतबार, २३ बैशाख २०८१
  • प्रतिनिधिसभाको बैठक : विवादास्पद सूचना प्रविधि विधेयकको प्रतिवेदन पेस हुँदै

    प्रतिनिधिसभाको बैठक : विवादास्पद सूचना प्रविधि विधेयकको प्रतिवेदन पेस हुँदै

    3.8K
    Shares

    काठमाडौं । आज बस्ने प्रतिनिधिसभाको बैठकमा सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विवादास्पद विधेयकको प्रतिवेदन पेस हुने भएको छ ।

    सामाजिक संजालमा सरकारको विरोध वा आफ्नो मनको कुरा लेखे बापत प्रयोगकर्तालाई ५ वर्ष जेल र १५ लाख रुपैयाँ जरिवाना गर्ने प्रावधान रहेको सूचनाप्रविधिसम्बन्धी विद्येयक बैठकमा पेश हुन लागेको हो।

    संसदीय समितिबाट पारित भएको १५ महिनापछि उक्त विधेयकको प्रतिवेदन बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा पेस गर्ने सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।

    विधेयकमा मौलिक हकअन्तर्गत रहेको अभिव्यक्ति स्वतन्त्रतालाई समेत अंकुश लगाउने खालका प्रावधान रहेको भन्दै सरकारको चर्को आलोचना भएको थियो।

    त्यस्तै मधेशी र थारु आयोगको प्रतिवेदन पेश हुने सम्भावित कार्यसूची रहेको छ। शून्य र विशेष समयको नियमित कार्यक्रम पनि चल्ने छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend