काठमाडौं। वर्तमान सरकारमा रहेका माओवादी केन्द्रका चार जनाको सांसद पद आज गुम्ने भएको छ।
ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरी र सहरी विकासमन्त्री प्रभु साहको सांसद पद आज गुम्ने भएको हो।
सभामुख अग्नि सापकोटाले बिहीबार बस्ने प्रतिनिधि सभा बैठकमा उनीहरु चारै जनाको पद नरहेको जानकारी गराउनेछन।
माओवादी केन्द्रका तर्फबाट प्रतिनिधि सभा सदस्य रहेका चारै जना सांसदहरुलाई पार्टीले सांसद पद नरहने गरि कारवाही गरेको थियो। उनीहरु माओवादी केन्द्र त्यागेर एमालेमा लागेका छन्।