काठमाडौं । अभिनेता भुवन केसीले ‘माइतीघर २’ चलचित्र निर्माण गर्ने भएका छन् । ‘द सुपर काजोल’ फिल्म्सको ब्यानरमा निर्माण हुने यो चलचित्रमा अभिनेता अनमोल केसीको मुख्य भूमिका रहने बताइएको छ ।
यस चलचित्रलाई सुबोध चोपडाले निर्देशन गने भएका छन् जसका लागि यतिबेला कलाकार छनोटको काम भइरहेको केसीले जानकारी दिएका छन् । चलर्चित्रको छायांकन आगामी नयाँ वर्षबाट सुरु गरिने बताइएको छ ।