logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • जसपाले गृहमा बुझायो मुद्दा फिर्ता लिनुपर्ने दुई सय १० जनाको सूची 

    जसपाले गृहमा बुझायो मुद्दा फिर्ता लिनुपर्ने दुई सय १० जनाको सूची 

    1.8K
    Shares

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले मधेस आन्दोलनका क्रममा मुद्दा लगाइएका २१० जनाको मुद्दा फिर्ता लिन बिहीबार गृह मन्त्रालयमा पत्र बुझाएको छ।

    जसपाका नेता डा.सुरेन्द्र झाले बिहीबार दिउँसो गृह सचिव महेश्वर न्यौपानेलाई मुद्दा फिर्ता लिनुपर्ने व्यक्तिहरूको सूची बुझाएका हुन्। यो समाचार आजको नागरिक दैनिकमा छापिएको छ । पत्रमा मुद्दा लगाइएका व्यक्तिहरूको नाम उल्लेख गरिएको छ । 

    जसपाका अनुसार सूचीमा प्रदेश २ सरकारका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माको नाम पनि छ। २०७२ सालको तेस्रो मधेस आन्दोलनका क्रममा जलेश्वरमा थमन विकको हत्या घटनामा शर्मालाई अभियुक्त बनाएर मुद्दा चलाइएको छ।

    सूचीमा जलेश्वर नगरपालिकाका मेयर शंकर शाहको नाम पनि छ। २१० जनाको सूचीमा रहेका सबै जसपाका नेता–कार्यकर्ता भएको पार्टीले जनाएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend