‘मिसेज श्रीलंका २०२० विजेता क्यारलाइन जुरीलाई र र मोडल चोला पाडमेन्ड्रालाई प्रहरीले प्रकाउ गरेको छ । श्रीलंकामा गत आइतबार भएको सौन्दर्य प्रतियोगिता ‘मिसेज श्रीलंका’ २०२१ को उपाधि जितेकी पुष्पिका डिसिल्भाले ताज पहिरिएको केहि समयमै जुरीले उनको ताज खोसेर अर्की प्रतिस्पर्धीलाई लगाइदिएकी थिइन् ।
आफूमाथि भएको अनुचित र अपमानजनक व्यवहारका लागि कानुनी कदम चाल्ने डिसिल्भाले बताएकी थिइन्। सो घटना आपराधिक भएको भन्दै जुरी र र मोडल चोलालाई प्रहरीले पक्राउ गरेको छ।
जुरीले सम्बन्धविच्छेद भइसकेको भन्दै उनलाई उपाधि दिनु नहुने दाबी गर्दै ताज खोसेकी थिइन् । डिसिल्भाले भने आफू श्रीमानसँग छुट्टिएर बसेको तर सम्बन्धविच्छेद भने नभएको बताएकी छिन् ।
मञ्चमै झगडा परेपछि पुष्पिका डिसिल्भाको टाउकोमा चोट समेत लागेको थियो। त्यस्तै डिसिल्भालाई उपाधिको ताज पुनः पहिराइने आयोजकले जनाइएको छ ।