काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले सांसदबाट पदमुक्त गरेका चार जना मन्त्रीहरुको पुनर्नियुक्ति भएको छ।
मन्त्रीहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेका हुन् ।
उनीहरुको सपथ ग्रहण कार्यक्रम साँझ ५ बजे शीतल निवासमा हुने भएको छ।