logo

२०८१ पुष १० बुधबार

logo
  • बुधबार, १० पुष २०८१
  • सर्वोच्चको न्यायाधीशमा सिफारिस सुवेदीको योग्यता नपुगेको सर्वोच्च बारको निष्कर्ष

    सर्वोच्चको न्यायाधीशमा सिफारिस सुवेदीको योग्यता नपुगेको सर्वोच्च बारको निष्कर्ष

    2.2K
    Shares

    काठमाडौं।  सर्वोच्च अदालत बार एशोसिएसनले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस नहकुल सुवेदीको योग्यता नपुगेको निष्कर्ष निकालेको छ । सर्वोच्च बारले यसबारे गम्भीर हुन आग्रह गर्दै संसदीय सुनुवाइ समितिलाई ज्ञापन पत्रसमेत बुझाएको छ ।

    न्याय परिषद्ले २८ फागुनमा सर्वोच्चको न्यायाधीशका लागि उच्च अदालतका मुख्य न्यायाधीशहरु कुमार चुडाल र नहकुल सुवेदीको नाम सिफारिस गरेको थियो । उनीहरुको संसदीय सुनुवाइ गर्ने तयारी छ । संसदीय समितिमा पनि सुवेदीको योग्यता नपुगेको भन्दै उजुरी परेको छ । सर्वोच्च बारको सल्लाहकार समितिको बुधबारको बैठकले पनि सर्वोच्च अदालतको न्यायाधीश हुन सुवेदीको योग्यता नपुगेको भन्दै सुनुवाइ समितिको ध्यानाकर्षण गराउनुपर्नेमा जोड दिएको थियो । त्यसअनुसार सर्वोच्च बारले शुक्रबार सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णलाई ज्ञापनपत्र बुझाएको छ ।

    संविधानको धारा १२९ को उपधारा ५ अनुसार सुवेदीको योग्यता नपुगेको र संविधानको मर्म र भावना विपरीत उनको नाम सिफारिस भएको भन्दै सर्वोच्च बारले यसप्रति गम्भीर हुन आग्रह गरेको हो । सुवेदीको नियुक्ति सिफारिसविरुद्ध सर्वोच्चमा परेको मुद्दामा चैत ३० मा फैसला आउँदैछ ।

    SupremeCourt-on-Nahakul-niyukti-1.jpgSupremeCourt-on-Nahakul-niyukti-2_1.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend