logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • सार्वजनिक मञ्चमै देउवा र पौडेलबीच जुहारी

    सार्वजनिक मञ्चमै देउवा र पौडेलबीच जुहारी

    1.9K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ सरकार गठनबारे सार्वजनिक मञ्चमै जुहारी खेलेका छन् ।

    नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा शुक्रबार वरिष्ठ नेता पौडेलले जोखना हेर्दा हेर्दै सरकार गठनको एउटा अवसर गुमेको बताए । सरकारमा जाने अवसर देउवाकै कारण गुमेको बताएपछि स्टेजमै दुई नेताको झोकाझोक भएको हो ।  

    सरकारमा जाने अवसर गुमाएको भन्दै देउवा माथि पौडेलले सार्वजनिक मञ्चमै हप्की दप्की गरेपछि सभापति  देउवा आक्रोशित बनेका थिए । कार्यक्रममा सहभागीहरु अस्वाभाविक मानेर गलल हासेपछि कार्यक्रम सञ्चालकले दुई नेताको छलफल भनेर स्थिति नियन्त्रणमा ल्याउने प्रयास गरेका थिए।  

    मञ्चबाट सम्बोधन गरेर फर्केका पौडेलको देउवासँग स्टेजको चर्काचर्की पछि अर्का नेता विमलेन्द्र निधिले सम्झाउन खोजेपछि पौडेल फेरि रिसाएका थिए।  

    पछिल्लो समय देउवाले सरकारमा जाने अवसर पटक पटक गुमाएको भन्दै पौडेलले आक्रोश पोख्दै आएका छन्।  

    बरिष्ठ नेता पौडेलले एमाले र माओवादी केन्द्र बन्नु अगाडि नै नेतृत्वले सरकार गठनको अवसर गुमाएको बताए । उनले अघि भने, ‘जोखाना हेर्दा हेर्दै एउटा चान्स मिस भयाे । अर्को चान्स मिस गर्ने हो भने रुन पाउनु न, हाँस्न पाउनु भन्ने हुनेछ ।’

    प्रधानमन्त्री ओलीले लोकतन्त्रको भर्‍याङ चढेर सर्वसत्तावादको धुरीमा पुग्न चाहेको भन्दै उनले यसबाट मुक्ति दिनसक्नुपर्ने बताए । ‘चुनाव चुनाव मात्र भनेर सुख पाइँदैन । निरंकुशतातिर गएको सत्ताका लागि विकल्प खोज्न उदार बन्नुपर्छ’ उनले भने, ‘विकल्प खोज्नका लागि उदार भएर सहमति सम्झौता गर्नुपर्छ ।’ 

    त्यसपछि स्टेज पुगेका देउवाले प्रचण्ड माथि आक्रोश पोख्दै भने ‘बल्ल थाहा पाए प्रचण्डले । उसबेला मैले प्रधानमन्त्री हुनुस् भन्दा नमानेको । खुट्टै नटेक्ने मान्छे, अहिले ओलीको लात खाएपछि ठीक भएको छ ।’

    आफूले प्रधानमन्त्री दिँदा पनि अध्यक्ष प्रचण्ड एमालेका अध्यक्ष केपी शर्मा ओलीतिर गएको उनले बताए ।

    अहिले प्रचण्डले आफूलाई प्रधानमन्त्री हुनुस् भने पनि (सरकार गठनका लागि चाहिने) संख्या नपुगेको उनले बताए । आफूले म नै प्रधानमन्त्री हुनुपर्छ नभनेको भन्दै देउवाले भने, ‘म संख्या नपुग्ने खेलमा छैन । कसैलाई बनाएर हुन्छ भने म तयार छु ।’

    त्यसपछि  देउवाले पौडेलको भनाइको खण्डन गरे । कांग्रेससँग संसदको एक चौथाइ संख्या पनि नभएको भन्दै उनले भने, ‘कम्युनिस्टको सरकार आयो भने रुन पनि पाइँदैन भनेर मैले भनेकै हो । तर जनताले हामीलाई भोट दिएनन्, तपाइँ (रामचन्द्र पौडेल) पनि हार्नु भएको हो ।’

    देउवाले चुनावमा जानुपर्ने बाध्यता हुन सक्ने पनि बताए । उनले भने ‘चुनावबाहेक अर्को बाटो नहुन सक्छ । चुनावमा जानुपर्ने बाध्यता हुन सक्छ । चुनावमा गएर जितेर हाम्रो सरकार बनाउनुपर्छ ।’ 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend