काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको छलफलमा सहभागी हुनु अघि जनता समाजवादी (जसपा) का नेताहरुबीच छलफल भएकाे छ । देउवासँगकाे छलफल अघि जसपा नेताहरुबीच छलफल भएकाे हाे ।
जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई, बरिष्ठ नेता राजेन्द्र महतो, नेता अशोक राई र राजेन्द्र राईबीच छलफल भएकाे हाे ।
नयाँ सत्ता समीकरणका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्र र जसपासँग छलफल गर्न लागेको हो ।
जसपाभित्र महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीकाे समर्थनमा देखिएका छन् । भने अर्का अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव भने जसरी पनि ओलीकाे विकल्प खाेज्ने बताउँदै आइरहेका छन् । २ धारमा देखिएका जसपाकाे शीर्ष नेताहरु बैठकमा एक स्वर गर्नका लागि छलफलमा जुटेकाे बताइएकाे छ ।