logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • सत्ता समीकरणबारे छलफल गर्न बूढानिलकण्ठमा बसेकाे बैठक निष्कर्षविहीन 

    सत्ता समीकरणबारे छलफल गर्न बूढानिलकण्ठमा बसेकाे बैठक निष्कर्षविहीन 

    1.9K
    Shares

    काठमाडौं । नयाँ सत्ता समीकरणबारे कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस, माओवादी केन्द्र र जसपाको बैठक बिनानिष्कर्ष टुंगिएकाे छ । नेपाली कांग्रेस केन्द्रीय कमिटीकाे बैठकपछि सत्ता समीकरणका लागि बोलाइएको पहिलो औपचारिक बैठक बिनानिष्कर्ष टुंगिएकाे हाे । 

    ‘कांग्रेसले पहिलोपटक तीन दल मिलेर नयाँ सरकार बनाऔँ भनेर औपचारिक प्रस्ताव राखेको छ । अब यस विषयमा पार्टीभित्र छलफल गर्छौँ’ बैठकपछि प्रतिक्रिया दिँदै जसपा अध्यक्ष महन्थ ठाकुरले भने ।

    यस्तै, माओवादी केन्द्रले पनि ओली सरकारलाई दिएकाे समर्थन छिटै फिर्ता गर्ने बताएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ‘हामीले तीन दल मिलेपछि बहुमत पुग्छ, ओली सरकारलाई बिदा गरौँ भन्यौँ । जसपाले पार्टीभित्र छलफल गर्नुपर्छ भनेको छ । हामीबीच कुरा नमिले पनि छिट्टै ओली सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौँ ।’

    कांग्रेसले औपचारिक रूपमा ओलीको राजीनामा माग्ने र नयाँ सरकार गठनका लागि अग्रसरता लिने निर्णय गरिसकेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘छलफलमा सभापति देउवाले यही बिषयमा जानकारी गराउनुभयाे । माओवादीले यसमा समर्थन जनाएको छ, जसपाले आन्तरिक छलफल गरेर निर्णय दिने भनेको छ ।’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend