काठमाडौं। नेकपा एमालेका नेता भीम रावलले राष्ट्रपतिले प्रदान गरेको तक्मामा अंकित नेपालको नक्शामा लिम्पियाधुरा,लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के होरु भन्दै प्रश्न गरेका छन्।
शनिबार ट्वीट गर्दै रावलले यसको जवाफ प्रधानमन्त्री केपी ओलीले तुरून्त दिनुपर्ने बताएका छन्।
उनले भनेका छन्, ‘राष्ट्रियताको भावनाका साथ प्रदान गरिने तक्मामा अंकित नेपालको नक्शामा दार्चुला जिल्लाको लिम्पियाधुरा,लिपुलेक र कालापानी क्षेत्र नराखिनुको आशय के होरु प्रधानमन्त्रीले तुरून्त जवाफ दिनुपर्छ। यसो हुनुको कारण कतै वालुवाटारमा प्रधानमन्त्रीको विदेशी गुप्तचर समेतका व्यक्तिहरूसंगको मन्त्रणा त होइन ?’
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार शीतलनिवासमा राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएकाहरुलाई विभिन्न मानपदवी, अलङ्कार र पदक वितरण गरेकी थिइन् । उक्त पदकहरुमा अंकित नेपालको नक्शामा लिम्पियाधुरा,लिपुलेक र कालापानी क्षेत्र समावेश गरिएको थिएन।