logo

२०८१ पुष १० बुधबार

logo
  • बुधबार, १० पुष २०८१
  • कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि ट्राफिक प्रहरीद्वारा जनचेतनामूलक अभियान  

    कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि ट्राफिक प्रहरीद्वारा जनचेतनामूलक अभियान  

    2.1K
    Shares

    काठमाडौँ । दोस्रो चरणमा फैलिरहेको कोभिड –१९ (कोरोना) भाईरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सहकार्यमा कोरोना भाईरस रोकथाम तथा सुरक्षित बनाउनको लागि जनचेतनामूलक अभियान पुरानो बसपार्कबाट आइतबारदेखि थालेको छ । 

    ‘ट्राफिक प्रहरीको चाहना, स्वस्थ र सकुशल यात्राको कामना’ भन्ने मूल नाराका साथ उक्त अभियान थालनी गरिएको हो । 
    ट्राफिक महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले विश्वमा नै माहामारीको रूपमा फैलिरहेको कोभिड १९ विरूद्ध समयमै सजगता र सचेतना फैलाउन यस जनचेतनामूलक अभियान सुरुवात गरिएको जानकारी दिए । 

    सो कार्यक्रममा उपस्थित यातायात व्यवसायीहरू, मजदुर संघरयुनियनका पदाधिकारीहरू, ट्राफिक प्रहरीका उच्च अधिकृत तथा जवानहरूद्धारा सवारी साधनहरूमा यात्रुले देखिने गरी सवारीको ढोका नजिक स्टिँकर टाँस गर्नुका साथै पैदलयात्री, सवारी चालक तथा यात्रुहरूलाई सर्जिकल मास्क समेत वितरण गरिएको थियो ।

    सम्पूर्ण चालक सहचालक तथा यात्रुहरूले अनिवार्य रूपमा मास्क लगाई भौतिक दुरू कायम गरी सवारी साधनको प्रयोग गर्न महाशाखाले विशेष अनुरोधसमेत  गरेको छ । 

    ‘सवारी साधनमा चढ्दा अनिवार्य मास्कको प्रयोग गरौँ’ लेखिएको स्टिँकर उपत्यकामा चल्ने सम्पूर्ण माईक्रो तथा बसहरूमा टाँस गरिने महाशाखाले जनाएको छ ।
    कोरोना भाईरसबाट यात्रुमाथि हुने जोखिमलाई मध्येनजर गरी उपत्यकाका मुख्य मुख्य बसपार्क एवम् भिडभाड हुने क्षेत्रमा नागरिकलाई सचेतना जगाउने तथा सवारी साधनहरुमा हुने भिडभाड कम गराउन महाशाखाले विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend