logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • संसदमा प्रधानमन्त्रीको अनुपस्थितिको तेहेरो ‘ह्याट्रिक’

    संसदमा प्रधानमन्त्रीको अनुपस्थितिको तेहेरो ‘ह्याट्रिक’

    2.4K
    Shares

    काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनापछि भएका अहिलेसम्मका बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित भएका छैनन् । सर्वोच्च अदालतले संसद ब्युँताइदिएपछि ९ पटक प्रतिनिधिसभा बैठक बसिसकेको छ । तर प्रधानमन्त्री केपी शर्मा ओली अहिलेसम्म एउटा बैठकमा पनि उपस्थित भएका छैनन् ।

    पहिलो बैठकमा छिटो पुगेर शुरु हुनु अगाडि नै उनले संसद छाडेका थिए । दोस्रो पटक पनि सभामुखले संसदीय दलका नेताहरुसँग परामर्श गरी कार्यक्रम तय गरिरहेका बेलामा संसद छाडेर ओली बाहिरिएका थिए ।

    तेस्रो पटक उनी संसद बैठक सकिएपछि पुगे । फागुन २३ गते पहिलो, २६ गते दोस्रो, चैत ३ गते तेस्रो बैठक बसेको थियो । यी तीन ओटा बैठकमा संसद भवनमा पुगे पनि बैठकमा सहभागी नबनेका ओली त्यसपछिका बैठकमा भने अहिलेसम्म गएका छैनन् ।

    चैत ३ गतेपछि चैत ६ गते प्रतिनिधिसभाको अर्को बैठक बसेको थियो । त्यसपछि १० गते, १८ गते २३ गते र २६ गते र ३० गते गरी ९ पटक प्रतिनिधिसभा बैठक बसिसकेको छ ।
    प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधि सभा विघटनको कदम ठीक थियो भन्ने कुरा पुष्टि गर्न पनि संसदलाई बिजनेशविहीन बनाएर पुनः संसद विघटन ठीक थियो भन्ने पुष्टि गर्न खोजेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले आरोप लगाइरहेको छ ।

    २३ फागुनमा सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र पूर्ववत अवस्थामा ब्यूँताइदिएपछि संसदमा कसैको बहुमत छैन । सरकारले विधेयक पारित नहुने होकि भन्ने डरले पनि अध्यादेश र संसदीय समितिले टुंग्याएका विधेयकको प्रतिवेदन प्रतिनिधि सभामा पेश गरेको छैन । संसदको हिउँदे अधिवेशन विधेयक अधिवेशनका रुपमा पनि लिइन्छ । तर सरकार भने संसदमा विधेयक लैजानुको सट्टा छिटो संसदको अधिवेशन अन्त्य गर्ने तयारीमा लागेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend