७४ औं ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन अवार्ड लन्डनमा आइतबार आयोजना भएको थियो । लन्डनको रोयल अल्बर्ट हलमा आयोजित २०२१ बाफटा अवार्डमा अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनस सहभागी भएका छन् ।
उक्त अवार्डको रेड कार्पेटमा निकसँग देखिएकी प्रियंकाले लगाएको पहिरनको चर्चा अहिले सामाजिक संजालमा निकै चुलिएको छ । रातो कलको ज्याकेट लगाएकी प्रियंका निकै फेसनेबल र हट देखिएकी थिइन्। उनको यो लुक्सलाई लिएर फ्यानले तारिफ गरिरहेका छन् ।
केहि समय देखि प्रिंयका लन्डनमा बस्दै आएकी छिन् । उनी अहिले रुसो ब्रदर्सले निर्देशन गरेको वेव सिरिज ‘सिटाडेल’को छायांकनमा व्यस्त छिन् ।