काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार देशबासीलाई सम्बोधन गर्ने भएका छन्।
नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्न लागेका हुन्।
प्रधानमन्त्री ओलीले विहान ८ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
नयाँ वर्षको शुभकामनासँगै प्रधानमन्त्री ओलीले कोरोना र सरकारका आगामी कामबारे जानकारी दिने बताइएको छ ।