logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • देउवा निवास पुगे बाबुराम र उपेन्द्र, सत्ता समीकरणबारे छलफल

    देउवा निवास पुगे बाबुराम र उपेन्द्र, सत्ता समीकरणबारे छलफल

    2.4K
    Shares

    काठमाडौं ।  नयाँ सत्ता समीकरण निर्माणका लागि छलफल गर्न जनता समाजवादी पार्टीका नेताहरु नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठ पुगेका छन्।  जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद डा. बाबुराम भट्टराई बुढानिलकण्ठ पुगेका हुन्। 

    जारी छलफलमा उनीहरुबीच प्रधानमन्त्री केपी ओलीलाई हटाउने र नयाँ सरकार गठन गर्नेबारे कुराकानी भइरहेको बताइएको छ। 

    यसअघि शुक्रबार सभापति देउवाले आफ्नै निवास बुढानिलकण्ठमा माओवादी केन्द्र र जसपा नेताहरुलाई बोलाएर नयाँ सत्ता समीकरणका सन्दर्भमा ठोस निर्णयसहित आउन प्रस्ताव गरेका थिए । देउवाले माओवादी केन्द्रलाई सरकारलाई दिएको समर्थन फिर्ता लिएर र जसपालाई विपक्षी गठबन्धन निर्माणका सम्बन्धमा ठोस निर्णय गरेमात्र अगाडि बढ्न सकिने धारणा राखेका थिए ।

    माओवादीले विपक्षी गठबन्धन बन्ने आधार तयार भए पनि नभए पनि आफूहरुले छिट्टै सरकारप्रतिको समर्थन फिर्ता लिने बताएका थियो । जसपा नेताहरुले भने कांग्रेसले पहिलोपटक औपचारिक प्रस्ताव राखेकाले यसबारे पार्टीभित्र छलफल गरेर निर्णय दिने बताएका थिए ।

    नयाँ सत्ता समीकरणको लागि कांग्रेसलाई साथ दिने कि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै साथ दिएर जाने भन्ने विषयमा जसपामा दुई धार छ। अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्णलगायतका पूर्वराजपा पक्षका नेताहरु ओलीसँग मिलेर आफ्ना माग सम्बोधन गर्नुपर्ने पक्षमा छन् । अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत पूर्वसमाजवादीतर्फका नेता भने ओलीलाई जसरी पनि हटाउने र नयाँ सत्ता समीकरणका लागि विपक्षी गठबन्धन बनाउनुपर्ने पक्षमा छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend