logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • गण्डकी प्रदेशमा जनमोर्चाले समर्थन फिर्ता लिने निर्णयपछि मुख्यमन्त्री गुरुङ अल्पमतमा

    गण्डकी प्रदेशमा जनमोर्चाले समर्थन फिर्ता लिने निर्णयपछि मुख्यमन्त्री गुरुङ अल्पमतमा

    1.8K
    Shares

    काठमाडौं । राष्ट्रिय जनमोर्चाले एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई समर्थन नदिने निर्णय गरेको छ । सरकारविरुद्ध प्रतिपक्षले ल्याउने अविस्वासको प्रस्तावमा समर्थन गर्ने निर्णय गर्दै जनमोर्चाले एमालेलाई दिएको समर्थनबाट पछि हट्ने निर्णय गरेको प्रदेश सांसद कृष्ण थापाले बताए । 

    गण्डकी प्रदेश सरकारलाई दिएको समर्थनबारे भएको निर्णय सार्वजनिक गर्न वक्तव्य सार्वजनिक गर्दै अध्यक्ष चित्रबहादुर केसीले अविस्वासको प्रस्तावमा समर्थन गर्ने प्रस्ट पारेका हुन् ।

    आफूहरु वामपन्थीको पक्षमा रहेकोले हालसम्म सरकारको समर्थन गरिरहेको तर नेकपा माओवादीले समर्थन फिर्ता लिइसकेपछि एमाले एक्लैको सरकार भएकोले समर्थन गर्न नसकिने जनमोर्चाको तर्क छ । त्यस्तै, मुख्यमन्त्रीबाट पृथ्वी सुब्बा गुरुङ हटेपछि नयाँ बन्ने सरकारलाई समर्थन गर्ने तर सहभागी नहुनेसमेत जनमोर्चाले बताएको छ । 

    गण्डकी प्रदेशमा एमालेको २७, राजपाको २, कांग्रेसको १५, माओवादी १२, जनमोर्चाको ३ र स्वतन्त्रबाट दिपक मनाङ्गे गरी ६० सिट रहेको छ । गणडकी प्रदेशमा एमाले नेतृत्वको सरकार जोगिन जनमोर्चाको समर्थन चाहिन्छ । जनमोर्चाले साथ नदिएपछि मुख्यमन्त्री गुरुङले विश्वासको मत लिन सक्ने छैनन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend