logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • देशवासी सम्बाेधनका क्रममा एमसीसीका कुरा, निर्णयार्थ पेस नगरेकोमा सभामुखसँग प्रधानमन्त्री असन्तुष्ट

    देशवासी सम्बाेधनका क्रममा एमसीसीका कुरा, निर्णयार्थ पेस नगरेकोमा सभामुखसँग प्रधानमन्त्री असन्तुष्ट

    3K
    Shares

    काठमाडाैं । प्रधामनमन्त्री केपी शर्मा ओलीले एमसीसी संसदमा निर्णयार्थ प्रस्तुत नगरेकोमा असन्तुष्टि जनाएका छन् ।

    नयाँ वर्ष २०७८ का अवसरमा सिंहदरबारबाट देशवासीलाई सम्बोधन गरेका ओलीले एमसीसी निर्णयार्थ प्रस्तुन नगरिएको भन्दै नाम नलिइकन सभामुख अग्नी सापकोटाप्रति असन्तुष्टि जनाएका हुन् ।

    ‘एमसीसीलाई सरकारले संसदमा लगे पनि निर्णयार्थ प्रस्तुत गर्न दिइएको छैन । सरकारले लगेको विषयलाई संविधान बमोजिम निर्णयार्थ पेस गर्नुपर्ने हो । तर, संविधानै नमान्ने र जिद्दी गर्ने काम भइरहेको छ,’ ओलीले भने ।

    नेपाल उत्पीडित जातीय मुक्ति समाजको राष्ट्रिय भेला सम्बोधनका क्रममा गएकाे सोमबार पनि ओलीले एमसीसी संसदमा लगे पनि निर्णयार्थ प्रस्तुत नगरेकाे भनी सभामुखमाथि असन्तुष्ट व्यक्त गरेका थिए । उनले भनेका थिए ‘प्रतिनिधिसभालाई बन्धक बनाइएको छ, पहिलो दिन प्रतिनिधिसभामा पेस गर्नुपर्ने अध्यादेशहरु सभामुखले पेश गर्न दिनुभएन ।  उहिले हामीले एमसीसी प्रस्तुत गरेका छौँ सभामुखले निर्णायार्थ पेश गर्नुहुन्न, के हो यो ? सभामुखले कुनै मर्यादा मान्नु पर्दैन ? सरकारले पेश गरेको प्रस्ताव रोक्ने अधिकार सभामुखलाई हुन्छ ?’

    उनले यस विषयमा बाेल्नका लागि नेपाली कांग्रेससँग आग्रह पनि गरे । सरकारले संसदमा पेश गरेको प्रस्ताव निर्णयार्थ सभामुखले पेश नगर्दा नेपाली कांग्रेस चुप लागेर मुखमा पानी हालेर बसेकाे आराेप पनि लगाएका थिए । 

    गएकाे सोमबार नै प्रतिनिधिसभा बैठकमा एमाले सांसद खगराज अधिकारीले एमसीसीलाई सभामुख अग्नि सापकोटाले अड्क्याएको र तुरुन्त एमसीसी संसदको विजनेश बनाउन माग गरेका थिए ।

    प्रधानमन्त्री यतिबेला एमसीसी पास गर्नुपर्ने भनी हताराेमा देखिएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend