काठमाडौं । अभिनेत्री ऋचा शर्मा गर्भवती भएकी छन् । साेमबार सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको जानकारी उनले दिएकी हुन् ।
उनले लेखेकी छन्, ‘एउटा जीवनलाई आफ्नो गर्भमा हुकाउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन। आज आफ्नो धड्कनभन्दा कोही अरुको धड्कन म भित्र प्यारो आभाष भइरहेको छ।’
उनले यो कुरा बाँड्न पाउँदा सम्पूर्ण महसुस भइरहेको बताएकी छन् ।