कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ।
बिहीबार प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी जसपाले मुख्यमन्त्री गुरूङविरूद्ध प्रदेश सभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गरेका हुन् ।
कांग्रेस, माओवादी र जसपाका २८ सांसदको हस्ताक्षरसहित प्रस्ताव दर्ता गरिएको हो । भावी मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई प्रस्ताव गरिएको छ ।
६० सदस्यीय गण्डकी प्रदेश सभामा नेकपा एमालेका २७ सांसद छन् भने काँग्रेस १५, माओवादी १२, जनमोर्चा तीन र जसपाका दुई र एक जना स्वतन्त्र सांसद रहेका छन् ।