काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माको संगीतमा ‘मिसले सोध्नु भो’ बोलको म्युजिक भिडियो बजारमा आएको छ । उक्त म्युजिक भिडियोमा उनकी छोरी स्वीकृति शर्माको शब्द र आवाज रहेको छ ।
स्वीकृतिको यो पहिलो म्युजिक भिडियो भएको प्रवक्ता शर्माले ट्वीटरमार्फत जानकारी दिएका छन् । सो म्युजिक भिडियोलाई नवल नेपालले निर्देशन गरेका छन् ।
भिडियोमा स्वीकृति शर्मा, गोपाल घिमिरे, गीता रिजाल जोशी, शारदा लुइँटेल लगायतको अभिनय रहेको छ । भिडियो विश्वप्रकाश शर्माकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।