काठमाडौं। प्रधानमन्त्री केपी ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार विहान ११ बजे बस्ने गरि ओलीले सर्वदलीय बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
बैठकमा संसदको हिउँदे अधिवेशन अन्त्य गर्नुअघि समसामयिक राजनीतिक परिस्थितिमाथि छलफल हुने बताइएको छ।
बैठक बोलाएकोबारे जानकारी दिन यसअघि प्रधानमन्त्री ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरेका थिए। गाउँपालिकाको भवन उद्घाटन गर्न ललितपुरको कोन्जोसोम पुगेका प्रचण्डले ओलीले फोन गरेको जानकारी गराएका थिए।