काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजेका लागि सर्वदलीय बैठकको आह्वान गरेका छन् ।
बालुवाटारमा बस्ने बैठक कोरोना भाइरसको महामारी र समसामयिक राजनीतिक विषयमा छलफल गर्न आह्वान गरिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिलाई बोलाइएको बैठकमा बोलाइएको थापाले बताए ।