logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • प्रतिवादमा उत्रन उपप्रधानमन्त्री पोख्रेलको आव्हान

    प्रतिवादमा उत्रन उपप्रधानमन्त्री पोख्रेलको आव्हान

    3.3K
    Shares

    काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोख्रेलले मुलुकको राजनीति गलत दिशामा गईरहेको भन्दै त्यसको प्रतिवादमा उत्रन आव्हान गरेका छन् । 

    शनिबार काठमाण्डौमा भएको एक कार्यक्रममा उपप्रधानमन्त्री पोख्रेलले सरकार ढाल्ने खेल भइरहेको भन्दै यस्ता गलत क्रियाकलाप विरुद्ध सबै जनता प्रतिकारमा उत्रनुपर्ने बताएका हुन् । जनताले सही र गलत क्रियाकलाप छुट्याएर हर क्षेत्रमा देखिएको गलत कार्यविरुद्ध प्रतिवाद गर्नुपर्नेमा उनले जोड दिए ।

    निर्वाचित सरकारले निश्चित समयावधि पनि लिएर आएको भन्दै त्यसअघि नै सरकार ढाल्ने प्रयास भए मुलुक र जनताका लागि ठूलो दुर्भाग्य हुने बताए । सरकारले गरेका काम सबै सार्वजनिक भएको र सरकारका राम्रा काम र कमजोरीको हिसाबकिताब चुनावमा हुने भन्दै उनले सरकार ढाल्ने, जनतामा निराशा फैलाउने र अस्तव्यस्त सिर्जना गर्ने प्रयास भए राम्रो नहुने चेतावनी दिए । 

    उनले भने ‘राजनैतिक अस्थिरता भइरह्यो भने , सरकार ढाल्ने खेल भयो भने । सरकार त ५ बर्षका लागि आएको हो निर्वाचित भएर । सधै बस्छु भनेर हिजो निरंकुश राजाको बेलामा जस्तो त होइन । एउटा अवधिसम्म बस्ने हो । त्यो अवधिसम्म राम्रो काम गर्यो भने जनताले पुरस्कृत गर्छन् ।  राम्रो काम भएन भने जनताले दण्डित गर्छन् । यसलाई त हामीले मानेको हो नि । तर बीचमा नै अनेक खालको जालझेल गरेर सरकार ढाल्ने फेरि नयाँ बनाउने, नयाँ खेलोमेलो गर्ने काम सुरु भयो भने यसले दुर्भाग्य निम्त्याउँछ ।’

    उनले विकास र निर्माणका काम पनि रोकिने पनि बताए । उनले अगाडि भने, ‘सरकार ढाल्ने, सरकार ढाल्ने खेलमा लाग्ने । राजनीतिक र सामाजिक क्षेत्रका नराम्रा कुराको विरोध गर्नु जरुरी छ । सही कुराको पक्षमा गलत कुराको विरुद्धमा हामीले खबरदारी गर्नुपर्छ । यो काम पनि हामीहरुबाट होस् भन्ने कुरा म अनुरोध गर्न चाहन्छु । जनतामा निरासा फैलाउने र अस्तव्यस्त सिर्जना गर्ने प्रयास भयो भने यो राम्रो हुदैन ।’

    उपप्रधानमन्त्री पोख्रेलले पछिल्लो समय मुलुकमा देखापरेको राजनैतिक खिचातानीले कामै गर्न नसकिने वातावरण सिर्जना भएको पनि बताए  । स्थिर सरकार भए मात्र सामाजिक, आर्थिक र भौतिक पूर्वाधार तथा समग्र विकासका काम गर्न सकिने उनको तर्क थियो । उनले आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा भत्ता बढाइने पनि जानकारी गराए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend