काठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकबारे आफूहरुलाई जानकारी नभएको बताएका छन् ।
मिडियामा सुनिएकैभरमा ‘कथित सर्बदलीय बैठक’मा हामफालेर जान नभएको उनले ट्वीटरमार्फत बताएका हुन् । उनले लेखेका छन्, चेइ नभनी कुकुर पनि कसैको घर जाँदैन रे१मिडियाबाट सुनिएको कथित सर्बदलीय बैठकमा प्रमनिवासको मिठोमसिनो उदरस्थ गर्न पाइएला भनेर त्यत्तिकै हाम्फालेर जाने कुरा भएन।’
उनले बैठकबारे जसपाको केन्द्रीय कार्यलयमा पनि कुनै जानकारी नआएको बताए । तर, आफूले पछि बैठक बहिष्कारबारे मिडियाबाटै जानकारी पाएको बताए । उनले भने, ‘जसपाको आधिकारिक केन्द्रीय कार्यालय बालकुमरी,ल.पु.मा सोध्दा कुनै जानकारी थिएन। पछि मिडियाबाटै सुनियो: MCC बैठक बहिष्कार पो भएछ ।’
शनिबार बालुवाटारमा बसेको बैठकमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई अघि बढाउन प्रधानमन्त्रीले सबै दलहरुलाई आग्रह गरेका थिए । एमसीसी सम्झौता रोकेको भन्दै सभामुखप्रति प्रधानमन्त्रीले आक्रोश पोखेका थिए ।