logo

२०८१ बैशाख १८ मंगलबार

logo
  • मंगलबार, १८ बैशाख २०८१
  • बालुवाटारमा एमाले केन्द्रीय समिति बैठक बस्दै, नेपाल पक्ष नजाने

    बालुवाटारमा एमाले केन्द्रीय समिति बैठक बस्दै, नेपाल पक्ष नजाने

    4.1K
    Shares

    काठमाडौं । सत्तारुढ नेकपा एमालेको केन्द्रीय समिति बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज ११ बजेपछि बैठक बोलाइएको छ । एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि आजका लागि बैठक डाकेका थिए ।

    एमालेको केन्द्रीय समितिलाई दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिमा रुपान्तर गरेपछि आज पहिलो बैठक बस्न लागेको हो। बैठकमा सबै सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ। तर माधव नेपाल पक्ष सहभागी नहुने भएका छन् ।

    नेपालनिकट केन्द्रीय सदस्य निरज आचार्यले आफूहरुालाई त्यो कमिटी बनाएको जानकारी नभएकाले विधानविपरीत भइरहेका काममा सहभागी नहुने बताए । 

    महासचिव ईश्वर पोखरेलका अनुसार बैठकमा राजनीतिक प्रतिवेदन, कार्यविभाजन, केही संगठनात्मक प्रस्ताव, उपनिर्वाचनको तयारी र समसामयिक प्रस्तावलगायतबारे छलफल र निर्णय हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend