काठमाडाैं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार पनि भेटवार्ता हुने भएकाे छ ।
बिहीबार २ बजेपछि हाेटल मेरियटमा छलफल हुने निकट स्राेतले जनाएकाे छ ।
दुई नेताबीच बुधबार साँझ एक्लाएक्लै २ घण्टा छलफल भएको थियो ।
लामो समयको रस्साकस्सीपछि भएको ओली र नेपालबीचको वार्ता महत्त्वका साथ हेरिएको छ । बुधबारकाे बैठकका बारेमा दुवै नेताहरुले प्रतिक्रिया भने दिएका छैनन् ।