काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्रको आवरणमा ब्रम्हलुट, धर्म परिवर्तन, सर्वसत्तावाद हावी भएको आरोप लगाएका छन् । उनले लाेकतन्त्र दिवसका दिन ट्वीटरमार्फत यस्ताे आराेप लगाएका हुन् । उनले दलहरुले राजसंस्थालाई धोका दिएको आरोपसमेत लगाएका छन् ।
सम्झौताअनुसार राजाले राजनीतिक दलहरुलाई सत्ता हस्तान्तरण गरे पनि दलहरुले राजसंस्थालाई पाखा लगाएको उल्लेख गरेका छन् ।
उनले लेखेका छन् ‘२०६३ साल आजकै दिन राजा र आन्दोलनकारी दलहरूबिच सम्झौता भएर आन्दोलन अन्त भएको थियो । सम्झौता अनुसार राजाले राजनीतिक दलहरूलाई सत्ता हस्तान्तरण गरे । तर, आन्दोलनकारी दलहरूले धोखा दिएर राजसंस्थालाई पाखा लगाए । अहिले लोकतन्त्रको आवरणमा ब्रम्हलुट, धर्मपरिवर्तन, सर्वसत्तावाद हावी भएको छ ।’
वैशाख ११-
२०६३साल आजकै दिन राजा र आन्दोलनकारी दलहरूबिच सम्झौता भएर आन्दोलन अन्त भएको थियो।सम्झौता अनुसार राजाले राजनीतिक दलहरूलाई सत्ता हस्तान्तरण गरे।तर,आन्दोलनकारी दलहरूले धोखा दिएर राजसंस्थालाई पाखा लगाए।
अहिले लोकतन्त्रको आवरणमा ब्रम्हलुट,धर्मपरिवर्तन,सर्वसत्तावाद हावी भएको छ— Kamal Thapa (@KTnepal) April 24, 2021