काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठक आह्वान गरेका छन् ।
अध्यक्ष ओलीले आइतबार बिहान साढे १० बजेका बालुवाटारमा बस्ने गरि महाधिवेशन आयोजक समितिको बैठक बोलाएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । ओलीले आकस्मिक रूपमा यो बैठक आह्वान गरेका हुन् ।
नेता रिजालका अनुसार आजको बैठकमा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका २७ सांसदको थप कारबाहीको प्रक्रिया अघि बढ्न सक्ने सम्भावना रहेको छ ।
ओलीले माधव नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण पनि सोधेका थिए। तीमध्ये अधिकांसले स्पष्टीकरण बुझाइसकेका छन्।