काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक रुपमा बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
आयोजक कमिटीको बैठक बस्नुअघि एमाले स्थायी कमिटीको बैठक बसेको थियो।
बैठकमा एमाले वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका २७ सांसदको थप कारबाहीको प्रक्रिया अघि बढ्न सक्ने सम्भावना रहेको छ ।
ओलीले माधव नेपाल पक्षका २७ सांसदलाई स्पष्टीकरण पनि सोधेका थिए। तीमध्ये अधिकांसले स्पष्टीकरण बुझाइसकेका छन्।