काठमाडौं । नेपाली बजारमा सुनको मूल्य विहीबार सामान्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको छ । बुधबार सुनको मूल्य तोलामा ९० हजार ५ सयमा कारोबार भएको थियो ।
महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ८ सय रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ रहेको छ । चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार भइरहेकाे छ ।