काठमाडाैं । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दिपक मनाङे)ले शपथ लिएका छन् ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सरकारकाे युवा तथा खेलकुद मन्त्रीमा मनाङेलाई बिहीबार नै नियुक्त गरेका हुन् । मन्त्री नियुक्त गरेकाे केहीबेरमा नै शपथ गराइएको हाे ।
नवनियुक्त मन्त्री मनाङेलाई प्रदेश नीति तथा योजना आयोगको सभाहलमा प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका हुन् । मुख्यमन्त्री गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव प्रक्रियामा रहेका बेला सांसद मनाङेलाई मन्त्री बनाइएको हाे ।
याे पनि पढ्नुहाेस् ।
गण्डकीमा मन्त्रिमण्डल विस्तार, दीपक मनाङे युवा तथा खेलकुद मन्त्री