काठमाडौं । नेकपा (एमाले) का नेता झलनाथ खनाललाई कोभिड पोजिटिभ भएर निमोनिया देखिएपछि शनिबार साँझदेखि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि गरिएको पीसीआर परीक्षणमा उनमा संक्रमण पुष्टि भएको खनाल निकट स्रोतले जनाएको छ ।
उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको बताइएको छ ।