काठमाडौं। सूर्य चिन्हबाट चुनाव जितेका लुम्बिनी प्रदेशका दुई जना स्वतन्त्र सांसदले आफूहरू एमाले संसदीय दलमै प्रतिबद्ध रहने बताएका छन्।
कपिलवस्तु–२ ‘ख’ बाट निर्वाचित धर्मवहादुर लाल श्रीवास्तव र नवलपरासी पश्चिम १ ‘ख’ बाट निर्वाचित अजय शाहीले सोमवार विज्ञप्ति जारी गर्दै आफूहरु एमाले संसदीय दलमै प्रतिबद्ध रहेको र मुख्यमन्त्री शंकर पोखरेललाईनै समर्थन रहेको जनाएका हुन् ।
सांसद द्वयले आइतबार मुख्यमन्त्री पोखरेलको विपक्षमा हस्ताक्षर गरेका थिए ।