काठमाडौं। नेकपा (माओवादी) केन्द्रका नेता जनार्दन शर्माले परिस्थिति र घटनाले नयाँ चुनौती र सम्भावना ल्याएको भन्दै यसबाट हतास हुनेहरु समाप्त हुने र सामना गर्न तयार हुनेहरू सुदृढ हुँदै जाने बताएका छन्।
सामाजिक सञ्जालमार्फत नेता शर्माले यस्तो बताएका हुन्।
नेता शर्माले तथ्यलाई स्वीकार गर्दै विगतका उपलब्धि र कमीको गम्भीर समीक्षा गर्दै अगाडि बढ्नुपर्ने बताए।
‘नयाँ परिस्थिति र घटनाले नयाँ चुनौती र संभावनाहरु एकसाथ लिएर आएको हुन्छ। यसबाट हतास हुनेहरू समाप्त हुँदै जाने र सामना गर्न तयार हुनेहरू सुदृढ हुँदै जाने तथ्यलाई स्वीकार गरी विगतका उपलब्धि र कमीहरु समेतको गम्भीर समीक्षा गरेर विचार, विधि र इमानका दृष्टिले माथि उठौं र उठाऔं। जनतामाथि आइपरेका संकटहरुको सामना गर्न जनताप्रतिको उत्तरदायित्वमा इमान्दार बनौं। हामी सबैको भबिस्य उज्ज्वल हुनेछ।’ , शर्माले फेसबुकमा लेखेका छन्।