धरान। सुनसरीमा लकडाउन कडा बनाउन आजदेखि नेपाली सेना परिचालन गरिएको छ ।
सुनसरीको धरान, इटहरी र इनरुवामा लकडाउन उंल्लंघन गर्नेको संख्या बृद्धि भएसंगै सेना परिचालन गरी पूर्ण लकडाउन गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।
सुनसरीको मूख्य बजारहरु धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका र इनरुवा नगरपालिकामा नेपाली सेनाले दैनिक गस्ती गर्ने प्रजिअ ढकालले बताए।