logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • आज विश्व उच्च रक्तचाप दिवस : यस्ता छन् लक्षण र रोकथामका उपाय

    आज विश्व उच्च रक्तचाप दिवस : यस्ता छन् लक्षण र रोकथामका उपाय

    2.9K
    Shares

    काठमाडौं ।  ‘तपाईंको रक्तचाप सही मापन गर्नुहोस्’ नाराका साथ यस वर्षको विश्व उच्च रक्तचाप दिवस मनाइँदै छ । हरेक वर्ष मे १७ तारिखका दिन मनाइने यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो । २०१६ मा नेपाल डेमोग्राफिक एन्ड हेल्थ सर्वेले पनि उच्च रक्तचाप नेपालीहरुका लागि चिन्ता लिनुपर्ने अवस्थामा पुगेको देखाएको छ ।

    व्यस्त र बदलिँदो जीवनशैली, बजारमा बनेका खानेकुरा खाने बानी, कम सुुत्ने, मदिरापान, धूूमपानजस्ता कारणले उच्च रक्तचाप हुने सङ्ख्या बढ्दैछ । उच्च रक्तचापलाई हाइपर टेन्सन पनि भनिन्छ । उच्च रक्तचाप नेपाली समाजका लागि पनि खतराको रूपमा रहेको छ ।

    रक्तचाप भन्नाले रगतले रगतका नलीहरूमा दिने चाप हो । मुटुले रगत पम्प गरी शरीरका विभिन्न भागमा पु¥याउने क्रममा रगतका नलीहरूमा निरन्तर चाप दिइरहेको हुन्छ । त्यही चाप नै रक्तचाप हो । 

    उच्च रक्तचापका लक्षण
    – टाउको दुख्ने, चिडचिडाहट हुने वा पसिना आउने, वाकवाकी लाग्ने,
    – चक्कर लाग्ने, तिरमिर देखिने,
    – चिन्ता पर्ने, मुटुको ढुकढुकी र नाडीको गति बढ्ने,
    – सास फेर्न कठिन महसुस् हुने र शरीरभारी हुने,
    – निद्रा नपर्ने,
    – नाकबाट रक्तश्राव हुने, बेहोश हुने,
    – उभिन र बस्न नसकी लड्ने,
    रोकथाम
    – नुन उच्च रक्तचापका लागि सबैभन्दा खतरा हुन्छ । खानामा नुनको मात्रा कम राख्ने बानी गर्नुपर्छ । हामीलाई एक दिनमा जम्मा ६ ग्रामभन्दा पनि कम नुन भए पुग्छ ।
    – चिल्लो कम भएको, सन्तुुलित आहारयुक्त खाना खाने र त्यसमा प्रशस्त सागपात तथा फलफूल हुनुपर्छ ।
    – शारीरिक अभ्यास नियमित रूपमा गर्ने बानी बसाल्नुपर्छ । कडा खालको शारीरिक अभ्यास उच्च रक्तचापका बिरामीको लागि सिफारिस गरिँदैन । 
    – चिसोबाट बँच्नुपर्छ, धेरै चिसो पानीमा दिनहुँ ननुहाउने, चिसो याममा मर्निङ वा इभिनिङ हिँडाइ समेत राम्रो मानिँदैन ।
    – चुरोट, सुर्ती वा जाँडरक्सीको सेवन गर्नुहुँदैन । एक हप्तामा १४ युनिटभन्दा बढी रक्सी खानुहुँदैन ।
    – तौल सामान्य राख्नुपर्छ र बढी तौल भएमा घटाइहाल्नुपर्छ ।
    – चिया, कफी वा कोकाकोला बढी खानुहुँदैन । एक दिनमा ४ कपभन्दा बढी चिया कफी खाएमा उच्च रक्तचाप हुनुसक्छ ।
    – प्रयेक दिन कम्तीमा पनि ६ देखि ८ घण्टा निदाउनुपर्छ । मनमा कुनै चिन्ता नलिने र आफूलाई सधैँ सक्रिय राख्ने गर्नुपर्छ ।
    – कुनै पनि रोगको समयमै निदान गरी उचित उपचार गरिहाल्नुपर्छ ।
    – नियमितरूपमा चिकित्सकको सल्लाह अनुसार औषधी सेवन गर्नुपर्छ तर औषधीले रोग निको भयो भनी बीचैमा औषधी छाड्नुहुँदैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend