एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी महिनाको अन्तिमसम्ममा विभिन्न मुलुकलाई कोरोनाविरूद्धको आठ करोड डोज खोप उपलब्ध गराउने घोषणा गरेका छन् ।
यस अघि नै ६ करोड खोप अरू मुलुकलाई दिने बताएका बाइडेनले सोमबार ह्वाइट हाउसमा थप दुई करोड डोज खोप पनि दिने घोषणा गरेका हुन् । अबको ६ हप्तामा ८ करोड डोज खोप उपलब्ध गराउने बताएपनि कुन कुन मुलुकले पाउने भन्नेबारे केही दिनमा घोषणा गरिने ह्वाइट हाउसले जनाएको छ ।
ुह्वाइट हाउसमा बाइडेनले भने, ‘हाम्रो मुलुक बाँकी संसारका लागि खोपको आर्सनल हुँदैछ, ‘जति चौडा सागरले पनि र जति अग्ला पर्खालले पनि हामीलाई सुरक्षित राख्न सक्दैन। अन्धाधुन्ध फैलिरहेको रोग र मृत्युले ती मुलुकलाई अस्थिर त बनाउँछ नै हामीलाई पनि खतरामा राखिरहन्छ।’
बाइडेनले अमेरिकाले अब रूस र चीनले भन्दा बढी खोप अरू मुलुकलाई दिने र खोपको बदलामा मित्र राष्ट्रहरूसँग कुनै ‘सहयोग’ नमाग्ने बताए।
अमेरिकामा अहिलेसम्म फाइजर, मोडेर्ना र जोन्सन एन्ड जोन्सनको खोपलाई प्रयोग अनुमति दिइएको छ भने अक्सफोर्डरअष्ट्राजेनेकाको खोपलाई अनुमति दिइएको छैन। अमेरिकाले यसअघि अक्सफोर्डरअष्ट्राजेनेकाको ४० लाख डोज खोप मेक्सिको र क्यानडालाई दिएको थियो।